दफा १०७
पितृत्व इन्कार गर्न सक्ने

(१) पति पत्नी बीच अन्यथा सहमति भएकोमा बाहेक विवाह भएको एक सय असी दिन अगाडि नै पत्नीबाट जन्मिएको शिशुकोपितृत्वलाई पतिले र त्यस्तो शिशुको जन्म हुनु अगाडि नै पतिको मृत्यु भइसकेको रहेछ भने निजको हकवालाले इन्कारगर्न सक्नेछ ।
(२) उपदफा (१) मा जनुसुकै कुरा लेखिएको भए तापनि विवाह गर्नु अगाडि कुनै महिला गर्भवती भएको थाहा पाएर वा थाहा पाउनुपर्ने मनासिब कारण भई कुनै पुरुषले त्यस्तो महिलासँग विवाह गरेको रहेछ भने त्यस्तो अवधि अगाडि जन्मिएको कारणलेमात्र शिशुको पितृत्व इन्कार गर्न सकिने छैन ।